विजुक्छेलाई पत्नीशोक

bijukchhe wife

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो उपचारको क्रममा हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उक्त पार्टीका नेता एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए। ६२ वर्षीया शोभा क्यान्सरबाट पीडित थिइन्।

उनी नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन्। शोभा र नारायणमानका दुई छोरा छन्।

Comments

Top