जापानी पूर्वप्रधानमन्त्री आबेको निधन

Japanse PM_1

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । आजबिहान नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषणगरिरहेका बेला आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमालिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद गरिएको छ । यामागामीलाई प्रहरीलेनियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारीलिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका थिए।

Comments

Top