सरकारी वकिलको आन्दोलनमा महान्यायाधिवक्ताको समर्थन

raman kumar shresthaकाठमाडौं : उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति असन्तुष्टी जनाउँदै सरकारी वकिलहरु र ट्रेड युनियनले सुरु गरेको आन्दोलनमा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पनि समर्थन जनाएका छन् । राजधानीमा आज आयोजित साक्षात्कारमा महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिलहरुको आन्दोलनमा पूर्ण ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका हुन् । महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनहरुले नियुक्ति सच्चाउन माग गर्दै आइतबारबाट सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी लगायतका सम्पूर्ण कार्य बहिस्कार गरेका छन् । महान्यायाधीवक्ता श्रेष्ठले उच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्ने आन्दोलनरत वकिलहरुको भनाई जायज रहेको बताए । उनले भने–‘सरकारी वकिलहरुलाई उपेक्षा गरिएको छ, समानुपातिक एवम् समावेशी भएको छैन, सरकारी वकिलहरु ९ जना ईच्छुक हुँदाहुँदै पनि जम्मा एक जनालाई बनाइयो, यो समावेसी भएन नि ।’

प्रतिक्रिया

सम्बन्धित