महिला युरोकपको उपाधि इंग्ल्यान्डलाई

England

काठमाडौँ । महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डले जितेको छ ।

गए राति जर्मनीसँग भएको फाइनल भिडन्तमा इङ्ल्यान्डले २–१ को जित निकाल्दै उपाधि जितेको हो । यो जितसँगै इङ्ल्यान्डले पहिलोपटक युरो जितेर इतिहास रचेको छ ।

८ पटक महिला युरो कपको उपाधि विजेता जर्मनीले भने थप एक गोल गर्न नसक्दा निराश हुनुपर्‍यो ।

Comments

Top