आज जापान जाँदै प्रचण्ड

Prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) साँझ जापान जाँदैछन् । आज राति साढे १० बजको नेपाल वायु सेवा निगमको उडानबाट जापान जान लागेका हुन् ।

जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी बेलुका १०ः३० बजे जापान जान लागेको प्रचण्डका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए।

प्रचण्ड साउन २५ मा स्वदेश फर्किने कार्यतालिका रहेको पनि उनले जनाए ।

Comments

Top