समयमै सामाजिक सुरक्षा भत्ता नविकरण र नयाँ दर्ता गरौंः वडाध्यक्ष बस्नेत

Puspa_12

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ ले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि सम्पूर्ण लाभग्राहीलाई अनुरोध गरेको छ ।

वडा कार्यालयले वडा अन्तर्गतका ज्येष्ठ नागरिक, एक महिला, विधुवा, पूर्ण अपांग, आंशिक अपांग तथा ५ वर्ष मुनिका दलित बालबालिकाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता आगामी भदौ मसान्तसम्म नविकरण गर्न अनुरोध गरेको छ ।

नयाँ दर्ता गराउनका लागि सरकारको दायराभित्र परेका अन्य व्यक्तिहरुले पनि सोही अवधिभित्र सम्पूर्ण कागजातसहित उपस्थित हुनका लागि समेत वडाध्यक्ष पुष्पराज बस्नेतले अनुरोध गरेका छन् । उनका अनुार नयाँ दर्ता र नविकरणका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत परिचयपत्र नं. र बैंक खाता नम्बरसहित उपस्थित हुनका लागि सबै वडाबासीलाई आग्रह गरिएको बताए ।

यसअघि वडाले सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको हितलाई ध्यानमा राखी वडाका विभिन्न स्थानमा गई भत्ता वितरण गर्ने कार्य गरेको थियो ।

सूचनाः

May be an image of text

 

Comments

Top