एकाबिहानै भूकम्प, नुवाकोटका स्थानीय घर बाहिर निस्किए

Bhukampa

 

काठमाडौं । राजधानीको छिमेकी जिल्ला नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको तारुकादेखि १ किलोमिटर पर बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ। भूकम्पका कारण राजधानी नुवाकोट क्षेत्रका मानिसहरु घर बाहिर निस्किएका थिए ।

यसअघि आइतबार बिहान ८ः१३  बजे खोटाङको साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स–साना भूकम्प भइरहेका हुन्।

 

Comments

Top