अञ्जु पन्तले मनाइन् नेपालकै पहिलो थ्रीडी आर्ट रेष्टुरेन्टमा छोरी परितोषिकाको जन्मदिन

Anju_2

ललितपुर । नेपालको पहिलो थ्रिडी आर्टको संस्कृति झल्काउने उद्देश्यले सञ्चालित कुमारीपाटीस्थित वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट आजभोली सेलिब्रेटीहरुको गन्तव्यस्थल बनेको छ ।

राजधानीकै प्राइम लोकेशनमा अवस्थित उक्त रेष्टुरेन्टलाई धेरै मानिसहरुले ‘सेलिब्रेट गर्ने स्थल’का रुपमा मान्दै आएका छन् ।

यसै मेसोमा चर्चित गायिका अञ्जु पन्तले छोरी परितोषिकाको बर्थडे सोही रेष्टुरेन्टमा मनाएकी छिन् । उक्त अवसरमा गायिका पन्तले राजधानीकै उत्कृष्ट र फरक कलाका साथै स्वादिष्ट परिकारको संयोजन रहेको रेष्टुरेन्ट भएको उल्लेख गर्दै आफ्नी छोरीको विशेष दिनका अवसरमा यो रेष्टुरेन्ट रोजेको बताइन् । उनले भनिन्, ‘मेरो जीवनकै सबैभन्दा विशेष व्यक्तिको विशेष दिन विशेष स्थान रोजेकी छु, यहाँको खानाका साथै सेवाप्रति पूर्ण सन्तुष्ट छु ।’

Anju

परितोषिकाको जन्मदिनका अवसरमा सहभागीहरुले आफूहरुलाई पनि खाना साथै रेष्टुरेन्ट नै विशेष रहेको बताए ।

पछिल्ला दिनमा यो रेष्टुरेन्टमा जन्मदिन, बेबीसावरलगायतका जमघट गर्ने स्थलका रुपमा परिचित बनेको छ ।

थ्रीडी आर्ट कलाको प्रयोग गरि साजसज्जा गरिएको नेपालकै पहिलो थ्रीडी आर्ट रेष्टुरेन्ट सञ्चालन गरेका सञ्चालकहरुले राजधानीकै ललितपुर इमाडोलमा थ्रीडी आर्ट म्युजियम सञ्चालन गरेको छ । त्यस्तै उपत्यकाकै पहिलो शाखाको रुपमा भक्तपुरको राधेराधे र उपत्यकाबाहिरकै पहिलो म्युजियम हेटौंडामा सञ्चालन गरिसकेको छ र निकट भविष्यमा पर्यटकीय नगरि पोखरामा पनि थ्रीडीआर्ट म्युजियम सञ्चालनको तयारीमा रहेको छ ।

Anju-1

Comments

Top