गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित

samsad

काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या जनपुगेपछि स्थगित भएको छ । आइतबारबसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ। 

आइतबार बसेको पहिलो बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या एकिन गर्नमाग गरेपछि १५ मिनेट घण्टी बजाएर गरिएको गणनामा गणपूरक संख्या नपुगेकोपुष्टि भयो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा एक चौथाइ ६९ सदस्यहुनुपर्नेमा तीन मिनेट घण्टी बजार गणना गर्दा ६७ जना मात्र सांसद उपस्थितरहेको देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेका लागि बैठक स्थगितगरे । 

यसपछि पुनः दोस्रो पटक बसेको बैठकमा पनि सांसद प्रेम सुवालले नै गणपूरक संख्या एकीन गर्न माग गरे । 

त्यसपछि पुनः तीन मिनेट घण्टी बजार गणना गर्दा गणपूरकलाई ६९ जनाहुनुपर्नेमा ६७ जना नै उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो । स्थगित बैठक३१ साउन मंगलबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारीदिए । 

Comments

Top