हङकङमा एलजी नाईट हुँदै , कलाकारले यसरी मच्चाउँदैछन् धमाका

elajiहङकङ ।  हङकङमा एलजी नाईटको तेह्रै संस्करण कार्यक्रम यहि जनवरी ३० मा हुने भएको छ । १२ बर्षदेखि  आयोजना गरिदै आएको  एलजी नाईटमा बुढाबुढीदेखि युवा पुस्तालाई मनोरञ्जन दिन आयोजकले यस पटक पनि नेपालका चर्चित कलाकार र ब्याण्ड रोजेका छन् ।

 हङकङस्थित युन लङ थियटर हलमा आयोजना हुने मनोरन्जनात्मक  कार्यक्रममा चर्चित ब्याण्ड १९७४ एडी, वाईण्ड रिपर्जको डान्स ग्रुप , गायक तथा संगितकार कालीप्रसाद बास्कोटा, हास्यकलाकार सन्दिप क्षेत्री, जितु नेपाल लगायतले भरपुर मनोरन्जन दिएर धमाका मच्चाउने छन् ।

   “पारी त्यो डाँडामा हेर, घाम लाग्यो घमाईलो”, “निर जहिल्यै रिसाउँने” जस्ता उत्कृष्ट सांगितीक श्रृजनाबाट चर्चामा आएका गायक तथा संगितकार कालीप्रसाद बास्कोटाको प्रस्तुतीले पनि हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाउँने आयोजकको दाबी छ ।

 कार्यक्रममा सदावहार हास्य विधाका उत्कृष्टता सन्दिप क्षेत्री र जितु नेपालको धमाकेदार प्रस्तुती पनि प्रमुख आकर्षण रहने छ ।

 बिशाल गुरुङको प्रस्तुती रहेको एलजी नाईट कार्यक्रम हङकङका युवा व्यवसायी चेतन गुरुङ र हिमाल रानाले आयोजना गरेका हुन् ।

Comments

Top