एएफसी यू— २०: भुटानसँगै हार्यो नेपाल

u-17

काठमाडौं । एएफसी यू– २० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको हो ।

भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे ।

खेल अवधिभर नेपालले बलमा पकड जमाए पनि गोल गर्न सकेन ।खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Comments

Top