अछाममा पहिरोमा परि ९ को मृत्यु, ७ को उद्धार

aas3

अछाम । अछाममा अविरल वर्षापछि विभिन्न स्थानमा आएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ । मलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए। यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको उनले बताए। अन्य बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्लामा ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। पहिरोमा परी घाइते भएका ७ जनाको भने जीवितै उद्धार गरिएको छ। थप बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ।

Comments

Top