ब्वायफ्रेण्ड’ को छायाँकन सकियो, युवा पिडिले बुझ्नु पर्ने कुरा

boyfrendकाठमाडौं । चलचित्र ‘ब्वायफ्रेण्ड’को छायाँकन सकिएको छ । राजधानीको छायाँकन सक्काएर चितवन पुगेको युनिट त्यहाँको सौराहा लगायतका रमणिय स्थानहरुमा छायाँकन गरी यसै साता राजधानी फर्केको हो ।

 बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा प्रस्तुतकर्ता सुर्य बुढाथोकी, निर्माता कृष्ण खनाल रहेको  यसमा निर्माण सहयोगीमा प्रविण बिष्ट, केशव घिमिरे रहेका छन् ।

 चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनाम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी,  कृष्ण खनाल, शुक बहादुर बम्जन, पवन खनाल, लगायतको अभिनय रहनेछ ।

 अथिति कलाकारमा दिलिप ओखेडा, जानु अर्याल, प्रविण थापा रहेका छन् । युवा पिडिमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरी प्रति वेवास्ता गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रले आफ्नो कथा बनाएको निर्देशक मदन घिमिरेले बताए ।

 कर्मसियल चलचित्र निर्देशनमा अलग्गै पहिचान बनाएका घिमिरेले यो चलचित्र पनि कर्मसियल नै हुने जानकारी दिए । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा टंक बुढाथोकी, सोनाम शेर्पा, भोजपुरी गीतका संगीतकार केके सिंह, छायाँकन कृष्ण श्रेष्ठ, शंकर महर्जनको द्धन्द्ध र पुनम राई, राजेन्द्रकमल राईको नृत्य रहनेछ । यतिबेला चलचित्र ब्वायफ्रेण्डको सम्पादन तिब्रगतिमा भैरहेको छ ।

Comments

Top