लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

arrest

काठमाडौं । दुई साताअघि काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ।

उक्त घटनामा अज्ञात समूहले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए ।

अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

Comments

Top