काठमाडौ । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्। कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए।
उनलाई हतकडी लगाएर लगिएको प्रहरीले जनाएको छ।
Comments