अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

Bara-Bus-Accident
हेटौडा ।
अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा। प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन् ।

 मृतकको नामावली

१. जिल्ला बारा कलैया उमनपा–२ बस्ने अं बर्ष (४०–४१) को लिलाराज चौधरी, सहकारी अस्पतालमा
२। जि,चितवन खैरहनी नपा- ५ बुडौली बस्ने बर्ष ६३ की नन्द कुमारी पुडासैनी , टाउकोमा चोट ९उपचारको क्रममा० चुरेहिल अस्पतालमा
३, जि चितवन कालिका नपा ९ रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा बर्ष अ १४-१५ को सफल कडेल, चुरेहिल अस्पतालमा
४। जिल्ला पर्सा बिरगंज मनपा-१६ बस्ने बर्ष अ ६५ को सोम प्रसाद चौरासिया, हेटौडा अस्पतालमा
५। ऐ ऐ बस्ने अ बर्ष ३५-३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा
६। जिल्ला मकवानपुर हेटौडा उमनपा-७ बस्ने बर्ष अ ५५-५६ कि शुभलक्ष्मी श्रेष्ठ, हेटौडा अस्पतालमा
७। ऐऐ बस्ने अ. बर्ष १९-२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८। जिल्ला बारा कलैया उमनपा-१० बस्ने अ. बर्ष ३५-३६ कि नाजलिन खातुन, हेटौडा अस्पतालमा
९। जिल्ला बारा जितपुरसिमरा उमनपा-२२ बस्ने बर्ष अ.२८ को सुरेश बिक। हेटौडा अस्पतालमा
१०। जिल्ला बारा कलैया उमनपा-१० बस्ने अ.बर्ष २५-२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११। जिल्ला ओखलढुङ्गा बस्ने लाल बहादुर बोगटी ९ साथमा रहेको एक्सापयर भईसकेको प्रनानिको परिचयपत्र अनुसार० हेटौडा अस्पतालमा,
१२। जिल्ला चितवन खैरेनी नपा- ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौडा अस्पतालमा
१३। जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, हेटौडा अस्पतालमा
१४। जिल्ला धनुषा जनकपुर उमनपा- ५ बस्ने बर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन
बाकी २ हेटौडा अस्पतालमा शव रहेको नामथर वतन खुल्न बाँकी

न्युज कारखाना

Comments

Top