राजनको ‘मनमा आगो सल्क्यो’

rajanthकाठमाडौं । गायक राजन ठकुरीले ‘मनमा आगो सल्क्यो’ बोलको लोकदोहोरी गीत ल्याएका छन् । केही समय अगाडि देशभक्ति गीत बजारमा ल्याएका गायक ठकुरीले ‘मनमा आगो सल्क्यो’ रेकर्ड गराएका हुन् । उनलाई गायनमा आकृति लामा र मुना थापाले साथ दिएका छन् । गीतमा शब्द र संगीत ठकुरीकै हुन् । आदर्श डिजिटल प्रालिले बजारमा ल्याएको यो लोकदोहोरीलाई यूट्युबमा पनि हेर्न र सुन्न सकिन्छ । म्युजिक भिडियोमा बिबश ठकुरी र रञ्जिता गुरुङको अभिनय छ । म्युजिक भिडियोलाई निर्देशन बब्बु थापाले गरेका हुन् भने छायांकन दुर्गा पौडेल, निर्माण नियन्त्रण दिलीप पन्त र सम्पादन मिलन बिकको छ । सिमसिम पानी रैछौ बेइमानीबाट लोकदोहोरी गीत गाउन थालेका गायक ठकुरले झण्डै चार सय बढीको संख्यामा सृजनाहरू ल्याइसकेका छन् ।

Comments

Top