रवि नेपाली हुन की होइनन्, जनतालाई सोध्नुपर्छ : हर्क साम्पाङ

HARKA-SAMPANG-SINGLE

काठमाडौ । 

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेजको फैसलापछि विभिन्न क्षेत्रका व्यक्तिले आ– आफ्नो प्रतिक्रिया दिएका छन् । यसबारे धरानका मेयर हर्क साम्पाङले रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्,

‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’ अर्को स्टाटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत १ नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् रु जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

Comments

Top