रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

Dol psd Aryal
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिइएको छ ।

हिजै राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो ।

हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए । “कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ”, प्रवक्ता डा ढकालले भने ।

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कार्यवहाक सभापति अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । अन्य विषयमा पार्टीले अर्को बैठक बसेर निर्णय गर्ने पनि ढकालले जानकारी दिए ।

 

 

Comments

Top