प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

Pakrau
लमजुङ ।
आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्रेको हो।

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने, प्रहरीमा परेका मुद्दा मिलाइदिने भनी ठगी गर्दै हिँडेका गुरुङलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले यही माघ १० गते पोखराबाट पक्राउ गरेको हो।

बेसीशहरमा डेरा गरी बस्ने गुरुङ विभिन्न महिलाहरूसँग रु ७ लाख १७ हजार पाँच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने आश्वासन दिएर ठगी गरेका थिए। गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

Comments

Top