आज उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

Narayan-Kaji-Shrestha

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको दोहा सम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भाग लिन भएका छन् ।

सचिवालयका सदस्य बिजय गौतमका अनुसार अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन श्रेष्ठ आज साँझ दोहो, कतार जान लागेका हुन ।

उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहनेछन । फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा साे सम्मेलन हुनेछ । श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।

२५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि  प्रधानमन्त्री जाने सो कार्यक्रम स्थगित भए पछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित