प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच वार्ता

Deuba_Prachanda_Nepal

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । संसद भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीचको छलफल चलिरहेको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले चैत ६ गते लिने विश्वासको मत, सरकारलाई पूर्णता दिनेलगायत समसायिक विषयमा केन्द्रित रहेको जनाइएको छ । त्यसका साथै मन्त्रीमण्डल विस्तारको बारेमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

Comments

Top