उपराष्ट्रपतिका लागि मतदान सम्पन्न, केही बेरमा मतगणना सुरु

Vice President voting
काठमाडौं ।
नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सकिएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा केहीबेरपछि सुरु हुने बताइएको छ ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । आजै साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जनाको अनुपस्थिती रहेको थियो ।

उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् ।

Comments

Top