काठमाडाैं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।
एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गरे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाइन् ।
निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।
Comments