मेलम्चीको पानी सूर्यविनायक नगरपालिका क्षेत्रमा वितरण गर्न सम्झौता

melamchi2022-12-09-08-12-30
भक्तपुर ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्ची खानेपानी वितरण गर्ने भएको छ ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न सूर्यविनायक नगरपालिका वडा नं. १ देखि ६ सम्म सूर्यविनायक पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी बितरण गर्ने गरि केयूकेएल र सूर्यविनायक नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई र केयूकेएलको तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच १० गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेलम्ची खानेपानी आयोजना भक्तपुरको चार नगरपालिका मध्ये सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा छुट्ट गई भक्तपुर र मध्यपुरथिमिी मात्र सुचारु भएको अबस्थामा पूर्वमन्त्री एवं निवर्तमान सांसद महेश बस्नेतको पहलमा सूर्यविनायक क्षेत्रमा पनि मेलम्चीको पानी वितरणका सुरु भएको नगर प्रमुख थापाले बताए।

केपी ओली नेतृत्व सरकारले डिपिआर निर्माणमा बजेट बिनियोजन गरि पहल गरेको कामले आज सार्थकता पाएको भन्दै पूर्व मन्त्री एवं पूर्व सांसद महेश बस्नेतले सूर्यविनायक वडा नं. १ देखि ६ सम्म मेलम्चीको पानी बितरण हुने सम्झौता भएको र चाँगुनारायण क्षेत्रमा पनि मेलम्चीको पानी वितरणका लागि पहल भइरहेको बताए ।

Suryabinayak kukl

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन