युवा गायक लिम्बु पछिल्लो एल्बमको तयारीमा

limकाठमाडौं।  युवा गायक सुजन तिगेला लिम्बु पछिल्लो एल्बमको तयारीमा रहेका छन् । अरे के सारो ब्युटी..., कथाले मागे पछि...., गौतम बुद्ध.., पप्पी देउन...जस्तो चर्चित गीतका गायक सुजन तिगेला लिम्बु चलचित्रको गीत गायनमा पछिल्लो समय व्यस्त बन्दै आएका गायक हुन । यसै क्षेत्रमा एकदशक विताई सकेका गायक लिम्बुले चलचित्र र फुटकर गरी एकसय पचास भन्दा बढी गीतमा स्वर भरिसकेका छन् ।

 चलचित्र गायनमा खरो उपस्थिति जनाई सकेका लिम्बु भन्छन्- ‘नयाँ आउने हामी जस्तालाई प्रोत्साहन दिनुपर्छ भन्ने कुरामा कसैले ध्यानै दिएको पाईदैन ।’

  चर्चित संगीतकारहरुको संगीतमा स्वर दिईसकेकामात्र होईनन् रोजाईमा समेत परेका गायक सुजन तिगेला लिम्बुले लै लै मेरी कान्छी, कालजयी, धरान बजारमा, कान्तिपुर जस्तो गीति एल्वम श्रोतामाझ पुर्याईसकेका छन् । गायक लिम्बुले यतिबेला नयाँ एल्वमको लागि गीत रेकर्डिङ गरिरहेका छन् ।

  जस्मा चलेका संगीतकारहरु महेश खड्का, अर्जुन पोखरेल आदिका साथ गायक स्वयंको संगीत रहनुका साथै अमुल कार्की, फडिन्द्र राई महाज थापा, मोहीत मुनाल जस्ता व्यक्तिको संगीतसंयोजन रहने गायक सुजनले बताए ।

  उनको पछिल्लो एल्बममा सबै खाले भन्नाले सेन्टिमेन्टल, रोमान्टिक देखि डान्सिङसम्मको गीत समावेश रहने छ । सम्भावना बोकेका गायक लिम्बु सबै खाले गीत गाउन आफु सक्षम रहेको बताउछन् । प्रतिस्पर्धाको यो युगमा गायक लिम्बुले आफुलाई कहाँ उभ्याउने हुन त्यो भने हेर्न बाँकी छ ।

Comments

Top