पुनः मतगणना हुनुपर्ने प्रदीप पौडेलको मागमा कारण देखाऊ आदेश

काठमाडौं।  सर्वोच्च अदालतले नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

  प्रधानन्यायाधीश गोपाल पराजुलीसहित पाँच जना न्यायाधीशको संयुक्त इजलाशले निर्वाचन आयोग लगायतलाई छलफलका लागि मतगणनाको मुचुल्का सहित उपस्थित हुन आदेश जारी गरेको हो।तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) को निर्वाचनमा ५ मतले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै पौडेलले  रिट दर्ता गराएका थिए।

 तनहुँ १ को प्रदेशसभा (क) मा पौडेललाई माओवादी केन्द्रकी उम्मेदवार तथा बिना विभागीय मन्त्री आशा कोइरालाले ५ मतको झिनो अन्तरले पराजित गरेकी हुन्।कोइरालाले १६ हजार ६ सय ४६ मत पाउँदा पौडलले १६ हजार ६ सय ४१ मत पाएका थिए। २३ सय २८ मत खसेको केन्द्रमा २३ सय ७० गणना गर्दै धाँधली भएको दाबी रिटमा गरिएको थियो। ३७ मतले विजयी भएको आफूलाई हराउन दुईवटा बुथमा ४२ मत दुई पटक गणना भएको दाबी पौडेलको रिटमा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित