नेविसङ्घ अध्यक्षमा निर्वाचित महर दुई दशकदेखि राजनीतिमा सक्रिय

nainsinghmकाठमाडौँ । नैनसिंह महर नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई १२५ मतको अन्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष महर डडेल्धुराको विकट भागेश्वर गाविसमा जन्मिनुभएको हो ।

  नैनसिंह महर नेविसङ्घ डडेल्धुराको पूर्वअध्यक्ष तथा डडेल्धुराबाट निर्वाचित काँग्रेस महासमिति सदस्यसमेत हुनुहुन्छ । नेविसङ्घको निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष रही दुई दशकदेखि राजनीतिमा सक्रिय महर प्रखर वक्ता, रचनात्मक कार्यशैली तथा भद्र व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

लोकतान्त्रिक आन्दोलनका क्रममा तीन महिना जेल जीवन बिताउनुभएका अध्यक्ष महरले विभिन्न पुस्तक लेख–रचना लेखन तथा सम्पादन गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा एलएलबी शैक्षिक योग्यता हासिल गर्नुभएका अध्यक्ष महर राजनीति सँगसँगै स्कुल अफ डेमोक्रेसीको अध्यक्ष समेत हुनुहुन्छ ।

Comments

Top