मन्त्री बन्न सलबलाउँदै क्रिश्चियन सांसद

Eknath-Dhakalकाठमाडौं । भेटी चढाएर दुई पटकसम्म मन्त्री बन्न भ्याएका नेपाल परिवार दलका अध्यक्ष एवम् सांसद एकनाथ ढकाल आजकाल तनावमा छन् । उनको तनावको कारण अरु केही नभइ भाग खोस्न आइपुगेका क्रिश्चियन पार्टी ‘जनजागरण पार्टी नेपाल’ का सांसद लोकमणि ढकाल हुन् । लोकमणिले पश्चिमा राष्ट्रहरूले क्रिश्चियन धर्म प्रचारका लागि परिचालन गरेको पैसाको आडमा संसदभित्रै खुलेआम अभिव्यक्ति दिँदै आएका छन् । लोकमणिले संसदमा बोल्दा सधैँ क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने गरेका छन् । बरु एकनाथले संसदमा क्रिश्चियन धर्मको लोकमणिले जसरी प्रचार गर्ने गरेका छैनन् ।

एकनाथले कुटनीतिक रुपमा क्रिश्चियन धर्मको प्रचार प्रसार गरिरहेका छन् । लोकमणिले खुलेआम क्रिश्चियन धर्मको प्रचार गर्ने गरेपछि विरोध पनि भइरहेको छ । प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा मन्त्री बन्ने दाउ ढुकेर बसेका सांसद लोकमणिलाई रोक्न एकनाथले न्वारनदेखिको बल लगाएका छन् । एकनाथलाई रोक्न लोकमणिले पनि सबै शक्ति प्रयोग गरेका छन् ।

प्रचण्डसँग मन्त्री बन्ने आश्वासन पाएका एकनाथ साना दलहरूको तर्फबाट फेरि मन्त्री बन्न पाइन्छ कि भनेर बसेका छन् । तर, प्रचण्डले यस पटक एकनाथलाई भन्दा पनि अन्य साना दलहरूका तर्फबाट मन्त्री बनाउने संकेत गरिसकेका छन् । आफूहरू मन्त्री बन्ने भन्दै लोकमणि र एकनाथ सिंहदरबारभित्र अड्डा जमाएर बस्ने गरेका छन् । साना दलहरूको तर्फबाट मुख मिठ्याउनेमा जनशक्ति पार्टीका सांसद तथा अध्यक्ष विश्वेन्द्र पासवान पनि लाइनमा छन् । उनले प्रचण्डलाई हारगुहार गर्दै फेरि पनि खाइपाइ आएको मन्त्रालय पाउँ भन्दै दिनहुँ बालुवाटार धाउने गरेको स्रोतको भनाइ छ । मन्त्री बन्ने दाउमा नेपाली जनता दलका सांसद तथा अध्यक्ष हरिचरण साह पनि छन्,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ । तर, यसपटक मन्त्री बन्ने संकेत नपाएपछि सिंहदरबारभित्र आफूले पाएको एउटा कोठाभित्र रन्थनिएर सांसद पासवान बस्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित