ओली सरकारले सिफारिस गरेका राजदूत प्रचण्ड सरकारद्धारा फिर्ता

PM-Office-of-Nepalकाठमाडौं : तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फिर्ता लिएको छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको दोस्रो मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिमा प्रस्ताबित राजदूतहरुको सुनुवाई शुरु भइसके पनि सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याएको हो । उनीहरुको नाम गत बैशाख ७ गतेको मन्त्रिपरिषद बैठकले बिभिन्न देशको राजदूतका लागि सिफारिस गरेको थियो । यसबीचमा सुनुवाई समितिले परराष्ट्र मन्त्रालयका सहसचिवहरुमध्येबाट राजदूत सिफारिस भएकाहरुको सुनुवाई गरिरहेको थियो । उनीहरुको सिफारिस भने फिर्ता भएको छैन । राजनीतिक दलको कोटाबाट सिफारिस भएकाहरुको सुनुवाई नहुदै सरकारले सिफारिस फिर्ता लिएको हो । फिर्ता भएकामा माओवादी केन्द्रका पनि छन् । परराष्ट्रका सहसचिव बाहेक १४ जना राजनीतिक व्यक्तिहरु राजदूतका लागि सिफारिस भएका थिए । सिफारिस भएका २२ राजदूतमध्ये अन्य परराष्ट्र सेवाका हुन् । जसमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा.खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले, डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् भने माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्रप्रसाद सिंह र पदम सुन्दास छन् । त्यस्तै राप्रपा नेपालका निरन्जन थापा रभरतबहादुर रायमाझी तथा राप्रपाका खगेन्द्र बस्न्यात पनि फिर्ता भएका छन् । त्यसैगरी फोरम लोकतान्त्रिकका शर्मिला पराजुली ढकालको नाम पनि फिर्ता भएको छ । अन्य ८ सहसचिवको भने सुनुवाई निरन्तर हुनेछ । सहसचिवबाट प्रस्ताबित राजदूतमा सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, दुर्गावहादुर क्षेत्री र लोकवहाबहादुर थापा सिफारिस भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित