फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकपको उपाधि (फोटो फिचर सहित)

1काठमाडौं । आयोजक राष्ट्र फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो। तर, एइडरको गोलको मद्दतमा घरेलु टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो। उसका जितमा १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए। खेलमा फ्रान्सले खेलमा केही सुन्दर मौका खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोके भने गेनियाकको प्रहार पोष्टमा लागेको थियो । समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको २००४ को उपविजेता पोर्चुगलले नभन्दै उपाधिमाथि कब्जा जमाएको हो।

2 3 4 5 6 7 8

Comments

Top