हामीले उपाधि जित्छौं भन्ने विश्वास कसैलाई थिएनः रोनाल्डो

ronaldoकाठमाडौं : युरो कप २०१६ को विजेता पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो देशले युरो कपको उपाधि जितेर टिमको आलोचना गर्नेलाई गलत सावित गरिदिएको बताएका छन्। ‘धेरै वर्षको त्याग पछि पोर्चुगलले उपाधि पाएको छ’, रोनाल्डोले भने –तर, हामीले उपाधि जित्छौं भनेर कसैले पत्याएको थिएन।’ आइतबार राति आयोजक फ्रान्ससँग भएको उपाधि भिडन्तमा घुँडामा चोट लागेपछि रोनाल्डो पहिलो हाफ पुरा नहुँदै मैदानबाट बाहिरनु परेको थियो। उपाधि जितेपछि उनले देशका लागि आफूले कहिल्यै जित्न नसकेको उपाधि यसपटक दिलाएको बताए। ‘मैले क्लबका लागि सबैथोक दिलाएँ, तर देशका लागि दिलाउन सकेको थिइनँ, तर, अहिले पूरा गरें ।’– उनले भने। गएराति भएको खेलमा निर्धारित ९० मिनेटको समयमा दुबै टिमले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो। खेलको १०९ औं मिनेटमा पोर्चुगलका इडरले फ्रान्सविरुद्ध गरेको गोलले नै पोर्चुगललाई पहिलोपटक युरो कप उपाधि दिलायो।

Comments

Top