भेन्टिलेटरबाट बाहिर निकालिएसँगै कोइरालाको स्वास्थ्यमा सुधार

sashankकाठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको भेन्टिलेटरबाट बाहिर निकालिएको छ। केहीबेर अघि मेकानिकल लाइफ सपोर्ट सिस्टममा रहेका डा शशांकलाई भेन्टिलेटरबाट निकालिएको हो। महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा निकै सुधार आएपछि उनलाई भेन्टीलेटरबाट बाहिर निकालिएको चावहिलस्थित ओम हस्पिटलका चिकित्सक हरिकिशोर श्रेष्ठले बताए।

 उनको उपचारमा संलग्न चिकित्सकहरुको टीमको परामर्शपछि उनलाई भेन्टीलेटरबाट निकालिएको हो। श्रेष्ठले भने, ‘हामीले औषधिको मात्रा निकै घटाइसकेका छौं। उहाँले बोलाउँदा सुन्नु हुन्छ, राम्ररी रेस्पोन्स गरिरहनु भएको छ। तुलनात्मक रुपमा निकै सुधार भएको छ।’

 उनले आजै बेलुकी अर्थात् शुक्रबार विहानसम्म भेन्टिलेटरबाट बाहिर निकाल्ने बताएका थिए। यसअघि, विहान भएको पत्रकार सम्मेलनमा समेत चिकित्सक लवनरसिंह जोशीले भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै यही अवस्था रहिरहे एक दुई दिनमा पुनःस्वस्थ अवस्थामा फर्कने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित