मेस्सी रोएको देख्दा राम्रो लाग्दैन, एउटा पेनाल्टी मिस गर्दैमा खराब खेलाडी भइँदैन : रोनाल्डो

messi and ronaldoकाठमाडौं : रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका छन् । मेस्सीको सन्यासबारे बोल्दै रोनाल्डोले भने, उनले कठिन निर्णय लिएका हुन् र मानिसहरुले यो बुझ्नुपर्छ ।’ रोनाल्डाले आफ्ना चिरप्रतिद्वन्द्वी भएपछि मेस्सीलाई प्रोत्साहित गर्दै भनेका छन्–‘ मेस्सी रोएको देख्दा राम्रो लाग्दैन । मलाई आश छ कि उनी राष्ट्रिय टिममा फर्कनेछन् ।’ ‘मेस्सीलाई हार्ने र निराश हुने आदत छैन । यतिसम्म कि दोस्रो हुने पनि ।’ ‘एउटा पेनाल्टी मिस गर्दैमा खराब खेलाडी भइँदैन ।’–उनले थपे । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार व्यहोरेपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे, जुन खेलमा मेस्सीले नै पेनाल्टी मिस गरेका थिए । मेस्सीको यो निर्णयलाई अर्जेन्टिनी फुटबल समर्थकहरुले अझैसम्म स्वीकार गर्न सकिरहेका छैनन् ।

Comments

Top