मेसीलाई राष्ट्रिय टिममा फर्काउन प्रदर्शन

messiकाठमाडौं : फुटबल हस्ती लिओनल मेसीलाई राष्ट्रिय टिममा फर्कन अनुरोध गर्दै अर्जेन्टिनाका हजारौं नागरिकले शनिबार साँझ प्रदर्शन गरेका छन् । मेसीलाइ राष्ट्रिय टिममा फर्काउन राष्ट्रपति मौरिसियो माक्रीदेखि फुटबलका महान हस्ती डिएगो म्याराडोना समेतले प्रयास थालेका छन् । उनीहरुको आह्वानमै शनिबार साँझ ओबेलिस्को स्मारकमा मुसलधारे वर्षामा रुझ्दै हजारौं नागरिक भेला भएर प्रदर्शन गरेका हुन् । कोपा अमेरिकाको फाइनल खेलमा प्रतिद्वन्द्वी चिलीसँग हारेपछि लोकप्रिय खेलाडी मेसीले अनपेक्षित रुपमा राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका थिए । उनले पेनाल्टीमा गोल गर्न नसकेका कारण अर्जेन्टिनाले उक्त खेल हारेको थियो । खेलमा सफलता प्राप्त भएपछि विजयउत्सव मनाउन ओबेलिस्को स्मारकमा मानिस भेला हुने अर्जेन्टिनामा परम्परा छ । उक्त प्रदर्शनमा फहराइएका ब्यानरमा लेखिएको थियो –‘लिओ, तिमी नजाऊ ।’ हजारौं वर्षमा एक मेसी जन्मने हुनाले उनको खेल हेर्न पाउनु फुटबलप्रेमीका लागि ठूलो अवसर भएको एक युवाले प्रतिक्रिया दिएका छन् । न्यू जर्सीमा चिलीविरुद्धको खेल हारेपछि मेसी अर्जेन्टिना फर्किए र आफ्नो गृहनगर रोजारियोमा केही समय बिताए । त्यसपछि विदा मनाउन उनी बहमास गएका छन् । मेसीबिना अर्जेन्टिनाको खेल फितलो हुने गरेको छ । अर्जेन्टिनाका फुटबलप्रेमीहरु उनी राष्ट्रिय टिममा फर्किउन भन्ने चाहन्छन् । ‘उनी राष्ट्रिय टिममा फर्कनुपर्छ, मेरा भावनाका लागि मलाई माफ गर्नुस,’ अल्बर्टो सालसले भने–‘मेरा लागि उनी अपवाद हुन, एक भगवान हुन ।’ (द गार्डियनबाट अनुदित)

प्रतिक्रिया

सम्बन्धित