वेलायतका कारण नेपालमा एकै दिन तीन हजार महंगियो सुन

goldकाठमाडौं यो साता सामान्य घटबढ भइरहेको सुनको एकैपटक तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एकैदिन ३ हजारले बढेर ५९ हजार रुपैयाँ कायम भएको हो । महासंघका अनुसार बेलायत युरोपियन युनियनबाट बाहरिने पक्कापक्ककी भएपछि सेयर बजारमा पाउण्ड स्र्टलिङको मूल्य ओरालो लागेर सुनको मूल्यमा असर परेको हो । महासंघका अध्यक्ष मणिरत्न शाक्यले बेलायत यूरोपियन यूनियनबाट अगल हुने जनमत प्कट भएलगत्तै सुनबजार उकालो लागेको बताए । नेपालको इतिहासमा सुनको मूल्य एकैपटक यति धेरै बढेको पहिलो पटक हो । यसअघि सुन एकपटकमा २४ सय रुपैयाँसम्म महंगो भएको रेकर्ड थियो । हिजो अन्तर्राष्ट्रिय बजारमा प्रति औंश १२ सय ६३ डलरमा कारोबार भएको सुन आज एकैपटक १३ सय ३६ डलरमा पुगेको छ । बेलुकीसम्म अमेरिकी मार्केट खुलेपछि मात्र सुनको मूल्य घट्छ कि बढ्छ भन्ने निश्चित गर्न सकिने महासंघले जनाएको छ । यसैबीच आज चाँदीको पनि प्रतितोला ३० रुपैयाँ महंगिएको छ । शुक्रबार ७ सय ९० रुपैयाँ प्रतिलोलमा किनबेच भएको चाँदी ८ सय २० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित