समाजसेवी श्रेष्ठद्धारा तेक्वान्दो एकेडेमीलाई आर्थिक सहयोग

13460940_1052786124804419_590137373_oआधारभूत महिला फोटोग्राफी तथा तेक्वोन्दो तालिम समापन

काठमाडौं । महिला फोटोग्राफी तथा तेक्वान्दो तालिम समितिको आयोजनामा सात दिने आधारभूत महिला फोटोग्राफी तथा तेक्वोन्दो तालिम समापन भएको छ । सरस्वतीनगरस्थित सरस्वतीनगर सुधार संघको भवनमा आयोजित सात दिने आधारभूत तालिमको शनिवार नेप्लिज तेक्वान्दो एकेडेमी, डाँछीमा समापन गरिएको हो । क्षेत्र नम्बर तीनका लागि संसदिय कोषबाट विनियोजित रकमबाट उक्त तालिम स ञ्चालन गरिएको हो । तालिममा महिलाहरुलाई स्वावलम्बि बनाउनका लागि आयोजित फोटाग्राफीको तालिम समितिका अध्यक्ष फोटोग्राफर ललिता खड्काले दिएकी हुन् भने आत्मरक्षाका लागि तेक्वान्दोको ट्रेनिङ भने समितिका सचिव तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी अशोक खड्काले दिएका हुन् । महिला फोटोग्राफी तथा तेक्वोन्दो तालिममा जम्मा २७ जना महिलाको सहभागीता रहेको थियो । तालिमले महिलालाई सक्षम बनाई उनीहरुलाई आफ्नो खुट्टामा उभिन सिकाउने भन्दै अध्यक्ष खड्काले यस्ता कार्यक्रहरुले व्यक्तित्व विकासमा समेत सहयोग पुर्याउने मात्र नभई यस्ता ब्यवहारिक सीपले महिलालाई आफ्नो कर्म क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिने बताइन् । कार्यक्रममा प्रमुख अतिथि सांसद रामेश्वर फुँयालले यस आर्थिक वर्षमा महिला फोटोग्राफी तथा तेक्वान्दो तालिमका लागि संसदिय कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने बताए । फोटोग्राफर खड्काको अध्यक्षतामा तेक्वान्दो हलमा भएको समापन कार्यक्रममा फोटोग्राफर संघका अध्यक्ष भवदेव थापा मगर, वरिष्ठ फोटोग्राफर तथा बज्र कलेजका प्रधानाध्यापक रत्नमान आशु, वरिष्ठ समाजसेवी उर्मिला श्रेष्ठ, नेप्लीज तेक्वान्दो एकेडेमीका उपाध्यक्ष एवम् तेक्वान्दो गितका गायक दिनेश दाहाललगायतको सहभागिता रहेको थियो । 13510716_1052786224804409_880406144_nसमापन त्यसैगरी काठमाडौं फोटोग्राफर संघका अध्यक्ष भवदेव थापा तथा वरिष्ठ फोटोग्राफर रत्नमान आशुले फोटोग्राफी तालिमलाई अगाडी बढाई महिलालाई दक्ष र आत्मनिर्भर बनाउन आ आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा वरिष्ठ समाजसेवी उर्मिला श्रेष्ठले एकेडेमीलाई एक लाख रुपैयाँ प्रदान गरेकी थिइन् ।

Comments

Top