आयोजक फ्रान्सको सनसनीपूर्ण जीत

euro cupकाठमाडौं : युरोकपमा आयोजक फ्रान्सले विजयी सुरूवात गरेको छ। अन्तिम मिनेटमा डिमिट्री प्येटले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा फ्रान्स विजयी भएको हो । ८९ औं मिनेटमा डिमिट्रीले गरेको गोलसँगै आयोजक राष्ट्र फ्रान्स रोमानियामाथि २—१ ले विजयी भएको हो। कडा सुरक्षा व्यवस्थाका साथ स्टाडे दि फ्रान्स रंगशालामा सम्पन्न समूह ए अन्तर्गतको उद्घाटन खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुदेखि नै आक्रमक देखिएको फ्रान्सका लागि ५९ औँ मिनेटमा ओलिभर गिराउडले गोल गर्दै टोलिलाई अग्रता दिलाए। यो गोलका लागि पनि डिमिट्रीले मुख्य भूमिका निर्वाह गरेका थिए। खेलको ६५ औ मिनेटमा इभ्राले रोमानियाका बोकडान स्टानसूईलाई डि एरिया भित्र खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टीमा बोकडान स्टानसूइले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, खेल सकिन १ मिनेट मात्र बाँकी हुँदा डिमिट्री प्येटले गृहमैदानमा विजयी गोल गर्दै आयोजक फ्रान्सलाई २–१ को जित दिलाए। खेलमा प्येट म्यान अफ द म्याच भए।

Comments

Top