रामशरणका कारण कांग्रेसमा रडाको

ramsharan mahatकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्बअर्थमन्त्री डा. रामशरण महत कांग्रेसले सरकारको नेतृत्व गर्दा एक पटक बाहेक सँधै अर्थमन्त्री हुने एकमात्र भाग्यमानी नेता हुन् । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत पहिचान बनाएका डा. महत गत बर्ष बिश्वका उत्कृष्ठ अर्थमन्त्रीको रुपमा पुरस्कृत समेत भए । तर, तिनै अर्थमन्त्री डा. महतको कांग्रेसभित्रैबाट चरम आलोचना मात्र भएन सांसदहरुले उनीहरुबिरुद्ध बिष वमनसमेत गरे । गतबर्ष नेपालमा गएको महाभूकम्पपछि सरकारको तर्फकाट नेपालको लागि आर्थिक स्रोत जुटाउन सम्मेलन गर्ने चुनौतिलाई समेत सामना गरे । अनेक आरोह र अबरोह पार गर्दै नेपालमा २०४६ सालपछि सबैभन्दा बढी अर्थमन्त्री भएका महतलाई उनकै पार्टी नेता र अन्य सांसदले समेत अनेक कोण र उदाहरण दिँदै आलोचना गरे । महतलाई कांग्रसका अधिकांस सांसदहरुले बीपीको समाजबादी आर्थिक नीतिलाई लत्याएर पुँजीबादी अर्थनीति लादेको गम्भिर र संगीन आरोप समेत लगाए । उनीमाथि यस्तो बेला जुन आरोप लाग्यो, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०७३/०७४ को बजेट व्यवस्थापिका संसदमा पेश गरेका थिए । एमाले नेतृत्वको सरकारले पेश गरेको बजेटमाथि समिक्षा गर्ने उद्देश्यले जेठ १६ र १७ गते संसद भवनमा भएको कांग्रेस संसदीय दलको बैठकमा नेता देउवाकै उपस्थितिमा यस्तो आरोप लगाएका हुन् । २०४६ सालको जनआन्दोलनमा एउटा एउटा सिन्को नभाँचेका डा. महत २०४७ सालमा कांग्रेसका लौहपुरुष गणेशमान सिंहको सामिप्य हुँदै तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालासँग निकट भएका थिए । २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अन्धभक्त भएर लागेका डा. महतले नुवाकोटमा कांग्रेसको तर्फबाट उम्मेदवार बनी निर्वाचन हारेका थिए । तर, महतले लौहपुरुष गणेशमान सिंहलाई लत्याउँदै गणेशमान सिंहले आफ्ना कान्छा छोरा डा. दुर्गेसमान सिंहलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गरेको सिफारिसलाई समेत लत्याउन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दबाब दिएका थिए । जसका कारणले सिंह र कोइरालाको सम्बन्ध विग्रन पुगेको थियो ।

संसदीय निर्वाचनमा पराजित भएका कारण राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका डा. महत त्यसपछि भने कांग्रेस नेतृत्वको सरकारमा सदाबहार अर्थमन्त्री भएर स्थापित भए । कांग्रेसमा निर्विकल्प अर्थमन्त्रीको रुपमा रहेका डा. महतलाई कांग्रेस सांसद र नेताहरुको आरोपको फेहरिस्त नै  छ । महतले आयोगको उपाध्यक्ष हुँदा हरिसिद्ध इँटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, बिराटनगरको जुटमिल निजिकरणको नाममा कौडीको भाउमा बेचेको आरोप लाग्ने गरेको छ । उनलाई हरेक बर्ष बजेट ल्याउँदा पुँजीपति, सामन्त, जमिन्दार र उच्चबर्गलाई संवोधन गर्ने गरेको, गरिब, निमुखा, मजदुर किसान र तल्लो वर्गलाई वास्ता नगरेको अरोप लाग्ने गरेको छ ।

  करिब दुई दशक बढी कांग्रेस नेतृत्वको सरकारमा अर्थमन्त्रीको रुपमा एकछत्र शासन गरेका महतले आर्थिक समाजबादी नीति लत्याए पनि बिपी कोइरालाले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवादी नीतिलाई अघिल्लो कम्युनिष्ट सरकार र हालको ओली नेतृत्वको सरकारले अबलम्बन गरेको भन्दै बजेटको बिरोध गर्न नहुने पक्षमा कांग्रेसका सांसदहरुले धारणा राखेका थिए । डा. महतले विगतमा लोककल्याणकारी, बिकासमुखी र तल्लो बर्ग र ग्रामिण क्षेत्रलाई संवोधन गरी बजेट नल्याएकोले एमाले नेतृत्वको ल्याएको बजेटको बिरोध गर्नु नैतिकताले नदिनेसम्मको आरोप महतमाथि छ । महतले पैशा हुने र खर्च गर्न सक्नेले मात्र राजनीतिमा लाग्नु पर्छ भन्दै पैशा नभएकाहरुले राजनीति गरे भ्रष्टाचार हुन्छ भनेर गत साता सार्बजनिक एक कार्यक्रममा नेता रामचन्द्र पौडेलकै सामुन्ने भनेका थिए ।

  डा. महतकै कारण कांग्रेसले ग्रामिण क्षेत्र र जनतालाई संवोधन गर्न नसकेको भन्दै गुनासो गर्ने नेताहरुमा पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का, नेता प्रदीप गिरी, पूर्ब सहायकमन्त्री रोमी गौचन थकाली, सांसद मिन बिश्वकर्मादेखि रामहरि खतिवडाले समेत महतको आलोचना गर्न भ्याएका थिए । कांग्रेसका सबैजसो सांसदहरुले विगतमा कांग्रेस नेतृत्वको सरकारले बिपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजबादी अर्थ नीतिलाई अवलम्बन गर्न नसकेको भनी आत्मालोचना गर्नुपर्ने धारणा समेत राखेका थिए । बैठकमा सांसदहरुले बर्तमान सरकारले कांग्रेसको समाजबादी आर्थिक नीतिलाई नैं पछ्याएको र विगत बर्षकै बजेटको ढाँचामै आएको भन्दै बिरोधको नाममा बिरोध गर्न नहुने बताए । उनीहरुले बजेट कार्यान्वयन गर्ने संयन्त्र निर्माण गर्न नसकेको र बजेटलाई राजनीतिकरण गरिएको निष्कर्ष समेत निकालेका छन् । मुलुकका तल्लो बर्ग र समुदायलाई संवोधन गर्नेगरी बजेट आएकोले कार्यान्वयन गर्न दबाब दिनुपर्नेमा जोड दिएको सांसद अमृृृतलाल राजबंसीले बताए । कांग्रेसका कुन नेताले के भने बजेटका बिषयमा बैठकमा दलका नेता शेरबहादुर देउवाले बजेटको कार्यान्वय पक्ष जटिल र चुनौतिपूर्ण रहेकोले सरकारी पक्षले कसरी अघि सार्छ भनेर ध्यान दिनु पर्ने बताए । नेता देउवाको भनाई उधृत गर्दै एक सांसदले भने–‘यो बजेटमा हामीले नैं शुरु गरेको बिधवा, अपाङ्ग, आदिवासी÷जनजाति र बृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाको अवधारणालाई निरन्तरता दिइएको छ । हामीले बजेटको कमजोर पक्ष भेटेमात्र संसदमा जोडदार ढंगले औंल्याउनु पर्छ ।’नेता रामचन्द्र पौडेलले बजेटको कमजोरी पक्षलाई मात्र प्रतिपक्षीको हैसियतले औल्याउनु पर्ने भन्दै बजेटका सकारात्मक बिषयमा बिरोध गर्नु उचित नहुने बताए । पौडेलको भनाई उद्धृत गर्दै एक सांसदले भने–‘बजेटका सकारात्मक बिषयमा भने साईलेन्स बस्नुपर्छ ।

  बिरोधको नाममा बिरोध गर्नु हुन्न ।’पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकाले कांग्रेसको समाजबादी आर्थिक नीतिका धेरै बिशेषतालाई बजेटले संवोधन गरेको भन्दै तल्लो तहमा जाने बजेटको बिरोध नगर्नु नै उचित हुने बताए । उनले बजेटका सकारात्मक पक्षलाई बिरोध गर्दा स्थानिय निकायको निर्वाचनमा क्षति व्यहोर्नुपर्ने चुनौति रहेको बताए । उनको भनाई उद्धृत गर्दै एक सांसदले भने–‘स्वास्थ्य र शिक्षा निशुल्क र अनिवार्य गरौं भन्ने प्रस्ताव अघिल्लो सरकारका हाम्रै अर्थमन्त्रीलाई भन्दा संवोधन गर्नु भएन । तर, वर्तमान सरकारले अनिवार्य स्वास्थ्य सेवालाई केही हदसम्म संवोधन गरेकोले सकारात्मक रुपमा लिनु पर्छ ।’ सिटौलाले ‘कांग्रेस नेतृृत्वकै पूर्ब अर्थमन्त्रीहरुले बजेट गाउँमुखी बनाउन नसकेको हो, यसको समिक्षा गर्नु पर्छ, हामीले बिगतमा कमजोरी गरेका थियौ’ भन्दा सांसदहरुले ताली बजाएका थिए । सांसद प्रदीप गिरीले कांग्रेसका अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुतर्फ लक्षित गर्दै भने ‘अर्थबिद् डाक्टर साहेवहरु तपाईंहरुका तर्क र भाषण कर्णप्रीय छन्, तर त्यो शास्त्रिय बहसमा मात्र काम लाग्छ ।

  यथार्थमा नेपालको परिबेश अनुसार विगतमा हामीले तल्लो तहसम्म बजेट पु¥याउन नसकेको यथार्थलाई स्वीकार्नुस ।’ अव विकास निर्माणको बिषयमा कांग्रेसले लिएको विचार परिबर्तन गर्नुपर्छ नत्र अहिले ल्याएको बजेटको बिरोध मात्र गर्ने र यसलाई सही ढंगले कार्यान्वयनको पक्षमा कांग्रेस नभए दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए । सांसद रोमी गौचन थकालीले कांग्रेसलाई विपीको प्रजातान्त्रिक समाजबादी अर्थनीतिको बिचार सान्दर्भिक लाग्छ भने त्यसलाई कार्यान्वयन गर्नु पर्छ भन्दै विपीकै नीति बमोजिम गाउँ र तल्लो तहलाई छुट्याइएको बजेटको आलोचना गर्नुको औचित्य नभएको बताए । गौचनले यूनाइटेड पोष्टसँग भने ‘विपिको बिचार बमोजिम एमालेले बजेट ल्याएको देखिन्छ, त्यसैले व्यक्ति र दल भन्दा पनि हामीले परलोक भएपनि बिपिको विचारलाई स्वागत स्वीकार गर्नुपर्छ ।’ उनले भने राजनीति जिउँदो व्यक्तिले मात्र होइन, बिचारले गर्नु हो ।’

Comments

Top