कांग्रेसमा उम्मेदवार नैं नबनेका गुमनाम १० नेताहरु

krotharकाठमाडौं।   केशबकुमार बुढाथोकी, नरेन्द्रबिक्रम नेम्वाङ, आमोदप्रसाद उपाध्याय, दिलबहादुर घर्ती, डिल्लीराज रेग्मी, श्यामकुमार घिमिरे, बाबुराम राना, किसोरसिंह राठौर र लीला कोइराला पुराना अनुहार हुन  हुन् । यि मध्ये नेम्वाङ, उपाध्याय र राठौर क्रमश मेची, कोशी र भेरी अञ्चलबाट १२ औं महाधिवेसनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । खुल्लाबाट निर्वाचित २५ मध्ये आदिबासी जनजाति समुदायबाट जित्नेमा केबी गुरुङ, धनराज गुरुङ, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ हुन् । जनजाति आरक्षण बाहेक प्रदेश नम्बर एकबाट भिष्मराज आङदम्बेले बिजय हासिल गरे । मधेशी समुदायका उम्मेदवारहरु आरक्षण बाहेक पदाधिकारीमा सीतादेवी यादब र खुल्लामा बिमलेन्द्र निधिले मात्र बिजय हासिल गरे । आरक्षण बाहेकबाट निर्वाचन जित्नेमा कोषाध्यक्षकी उम्मेदवार सीतादेवी यादब र खुल्ला केन्द्रीय सदस्यतर्फ सुजाता कोइराला मात्र हुन् । प्रदेशमा कुनैं पनि महिलाले उम्मेदवारी दिने हिम्मत गरेनन् ।  २५ जना निर्वाचित हुने खुल्लामा उम्मेदवारी दिने ९० जनामा दुई जना मात्र महिला थिए । एक महिला सुजाता कोइरालाले चुनाव जितिन भने महालक्ष्मी उपाध्यायले चुनाव हारिन । थारु र मगर समुदायबाट पार्बती डीसी चौधरी मधेशीतर्फको महिला कोटाबाहेक कसैले पनि चुनाव जितेनन् । आठौ महाधिबेसनदेखि हालसम्म केन्द्रीय सदस्य हुने पाँच जना शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना र केबी गुरुङ मात्र हुन् ।

Comments

Top