१३ महाधिवेशनमा देउवा प्यानललाई बहुमत

sher bahadur deubaकाठमाडौं नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमत पुगेको छ । नयाँ नेतृत्व चयनका लागि फागुन २३ गते भएको निर्वाचनको सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार देउवाले कार्यसमितिमा स्पष्ट बहुमत पाएका हुन्। सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि ३ सय १२ जना नेता चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचनमा देउवालाई सभापतिसहित ३७ स्थान मिलेको छ । भने संस्थापन पक्षलाई महामन्त्री, कोषाध्यक्षसहित २७ पद हात लागेको छ । केन्द्रीय समितिमा निर्वाचितमध्ये १५ जना मात्र नयाँ हुन् । आरक्षण र प्रदेशबाट केही नयाँ अनुहारले केन्द्रीय समितिमा स्थान पाए पनि खुला २५ मा दुई जना मात्रै उदाए । अघिल्लो केन्द्रीय समितिमा नरहेका रमेश लेखक र विश्वप्रकाश शर्मा खुलातर्फ चुनिए । बाँकी २३ जना अघिल्लो केन्द्रीय समितिमा पनि थिए । खुला २५ मा सभापति देउवाको प्यानलबाट १४ र संस्थापनबाट ११ जना निर्वाचित भएका छन् । खुलातर्फबाट डा. शेखर कोइरालाले सबैभन्दा धेरै १ हजार ८ सय ४८ मत पाएका छन् भने खुमबहादुर खड्काले १ हजार ८ सय ४६ मत ल्याएर दोस्रो स्थानमा छन् । १२ औं महाधिवेशनमा गगनकुमार थापा पहिलो र अर्जुननरसिंह केसी दोस्रो धेरै मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । दुवै जना १३ औं महाधिवेशनमा महामन्त्री प्रत्याशी थिए । त्यस्तै, खुला २५ तर्फ निवर्तमान महामन्त्री प्रकाशमान सिंहले १ हजार ७ सय ९५ मत पाएर तेस्रो तथा पूर्वमहामन्त्री कुलबहादुर गुरुङले १ हजार ७ सय ७३ मत ल्याएर चौथो भए । नेता प्रदीप गिरी १ हजार ७ सय २५ मतसहित पाँचौं स्थानमा निर्वाचित भएका छन् । त्यसैगरी प्रदीप पौडेल १ हजार ७ सय ९ मतसहित छैटौं, बालकृष्ण खाँण १ हजार ७ सय ४ मतसहित सातौं, धनराज गुरुङ १ हजार ६ सय ९७ मत ल्याएर आठौं, रमेश लेखक १ हजार ६ सय ८९ मत पाएर नवौं तथा पूर्णबहादुर खड्का १ हजार ६ सय ८६ मतसहित दसौं स्थानमा निर्वाचित भए । त्यस्तै, विमलेन्द्र निधि १ हजार ६ सय ८०, बलबहादुर केसी १ हजार ६ सय ७४, महेश आचार्य १ हजार ६ सय ६९, विश्वप्रकाश शर्मा १ हजार ६ सय २०, सुजाता कोइराला १ हजार ६ सय १९, रामशरण महत १ हजार ६ सय ११, एनपी साउद र शंकर भण्डारी १ हजार ५ सय ४७, ज्ञानेन्द्रबहादुर कार्की १ हजार ५ सय २, गोपालमान श्रेष्ठ १ हजार ४ सय ९९, चन्द्र भण्डारी १ हजार ४ सय ९२, प्रकाशशरण महत १ हजार ४ सय ९१, बद्री पाण्डे १ हजार ४ सय ८५, नारायण खड्का १ हजार ४ सय ६४ र मीनेन्द्र रिजाल १ हजार ४ सय २० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुला २५ बाट निर्वाचितमध्ये खड्का, गुरुङ, गिरी, खाँण, लेखक, पूर्णबहादुर खड्का, निधि, शर्मा, साउद, भण्डारी, कार्की, श्रेष्ठ, भण्डारी र महत देउवा प्यानलका हुन् । त्यस्तै, प्रदेशबाट केन्द्रीय समितिमा प्रवेश पाउनेमा सभापति देउवा प्यानल र संस्थापनतर्फका बराबरी छन् । प्रत्येक प्रदेशबाट दुई÷दुई सदस्य निर्वाचित हुने विधानको प्रावधानअनुसार दुवै प्यानलबाट सात–सात जना निर्वाचित भए । प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे १ हजार ३ सय ४० र भीष्मराज आङ्देम्बे १ हजार २ सय ८, प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना १ हजार ४ सय ६१ र रमेश रिजाल १ हजार ४ सय ५७ मतसहित निर्वाचित भएका छन् । प्रदेश नम्बर ३ बाट नवीन्द्रराज जोशी १ हजार २ सय २५ र मोहनबहादुर बस्नेत १ हजार ६७, प्रदेश नम्बर ४ बाट गोविन्द भट्टराई १ हजार २ सय ९९ र सुरेन्द्रराज पाण्डे १ हजार २ सय ८६ मतसहित निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश ५ बाट दीपक गिरी १ हजार ४ सय ७२ र देवेन्द्रराज कँडेल १ हजार ३ सय ४७, प्रदेश ६ बाट हृदयराम थानी १ हजार ६ सय १२ र जीवनबहादुर शाही १ हजार ५ सय २६ तथा प्रदेश ७ बाट दिलेन्द्रप्रसाद बडू १ हजार ६ सय २ र वीरबहादुर बलायर १ हजार ३ सय ८५ मतसहित निर्वाचित भएका छन् । प्रदेशबाट निर्वाचितमध्ये आङ्देम्बे, रिजाल, बस्नेत, पाण्डे, कँडेल, शाही र बलायर देउवा निकट हुन् । बलायर, थानी, कँडेल र बस्नेत केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । त्यस्तै, यसअघि सार्वजनिक आरक्षणतर्फको मत परिणामअनुसार महिला ६ सिटमा सभापति देउवा निकट चार जना निर्वाचित भएका छन् भने संस्थापनबाट दुई जना मात्र केन्द्रीय समितिमा पुग्न सफल छन् । महिला आरक्षणतर्फ डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, ईश्वरी न्यौपाने, सरिता प्रसाईं र अम्बिका बस्नेत विजयी भएका छन् । नेपाल महिला संघकी अध्यक्षसमेत रहेकी संग्रौला र प्रसाईंबाहेक चार जना अघिल्लो कार्यसमिति सदस्य हुन् । पन्त र प्रसाईं संस्थापन पक्षका हुन् भने अन्य चार देउवा प्यानलबाट निर्वाचित भए । आदिवासी जनजाति पुरुषमा चिनकाजी श्रेष्ठ, बहादुर लामा र कल्याण गुरुङ निर्वाचित भएका छन् । श्रेष्ठ र गुरुङ संस्थापन पक्षका हुन् भने लामा देउवा प्यानलका । त्यस्तै, आदिवासी जनजाति महिलातर्फ सीता गुरुङ र रत्ना शेरचन दुवै देउवा प्यानलबाट निर्वाचित भएका हुन् । जनजाति कोटाबाट निर्वाचित श्रेष्ठ र लामा मात्र पहिलोपटक केन्द्रीय समितिमा पुगेका हुन् । दलित कोटाबाट जीवन परियार, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, सुजाता परियार र लक्ष्मी परियार निर्वाचित भए । जीवनबाहेक सबै देउवा प्यानलका हुन् भने लक्ष्मी मात्र नयाँ अनुहार हुन् । मधेसीतर्फबाट अजय चौरसिया, महेन्द्र यादव, रामकृष्ण यादव, किरण यादव र पार्वता डिसी चौधरी निर्वाचित भएका छन् । रामकृष्ण र किरणबाहेक अन्य देउवापक्षीय हुन् । यी दुवै पहिलोपटक केन्द्रीय समितिमा पुगेका हुन् । मुस्लिम एक सिटमा देउवा प्यानलका फरमुल्ला मन्सुर विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित