आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौं। बंगलादेशमा जारी यु-१९ विश्वकपमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। शनिबार आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल अगाडि नै दोस्रो चरण नजिक पुगेको हो । नेपाललाई  आयरल्याण्डले दिएको १३२ रनको लक्ष्य २५ ओभर ३ बलमा पुरा गर्‍यो। नेपालका लागि योगेन्द्र सिंह कार्कीले नटआउट ६१ रन बनाए। यस्तै सुनिल धमलाले २८ तथा आरिफ सेखले नटआउट ३१ रन बनाए। neआयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रनमा समेटिएको थियो।

  यु १९ विश्वकप २०१६ मै पहिलो ह्याट्रिक गरेका उनले आयरल्याण्डविरूद्ध १० ओभर बलिङ गरेर २७ रन खर्चिएका थिए।  सन्दीप लामिछानेले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्डको  गति एकाएक तल झरेको हो ।  प्रदिपसिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले एक-एक विकेट लिए।

Comments

Top