अन्डर- १९ विश्वकपमा नेपालद्वारा न्यूजिल्याण्ड पराजित

nepp काठमाडौं ।  बंगलादेशमा जारी अन्डर- १९ विश्वकपमा  न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको छ ।  पहिलो ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो ।  न्यूजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाउँदा नेपालको भाग्य चम्किएको हो  ।

 नेपालका बलर  दिपेन्द्र ऐरील ३ र प्रेम तामाङले २ विकेट लिए ।

  सुनिल धमला र सन्दिप लामिछानेले  पनि १–१ विकेट लिए । न्यूजिल्यान्डका ब्याट्स्म्यान ग्लेन फिलिप्सले  ५२ रन बनाएर आउट भए भने जोश फिनीले ३७ रन बनाए।

 उच्च स्कोर बनाउने दुवैको विकेट तामाङले झारेका हुन् ।  नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ओपनर सन्दीप सुनार ६७ बलमा ३९ रन बनाए भने अर्का ब्याट्स्म्यान आरिफ शेखले पनि ३९ रन बनाउन सफल भए । नेपालका लागि कुशल भुर्तेलले पनि महत्वपूर्ण ३५ रनको योगदान गरे ।

 

Comments

Top