२३ वर्षपछि नेपालले यसरी इतिहास रच्यो

nepalwinकाठमाडौं। नेपालले  बंगलादेशमा जारी  बंगबन्धु गोल्डकपको उपाधी  जितेको छ । बंगबन्धु रंगशालामा बहराइनको यू–२३ माथि ३–० को जित हासिल गरेसँगै नेपालले इतिहास दोहोर्याएको छ  । यो २३ वर्षयता नेपालले जितेको पहिलो उपाधि हो। नेपालका लागि विमल घर्तिमगरले चौथो मिनेटमा गोल गरे ।

 खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरे भने अञ्जन केसीको उत्कृष्ट पासमा विशालले अर्को गोल थपे । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गरेपछि  नेपाललाई उपाधी रच्नबाट बहराइनले रोक्न सकेन । यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुदमा सोही मैदानमा जितेको उपाधिबाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन् ।

     नेपालले दक्षिण एसियाली देशबाहेक अरु टिम पनि सम्मिलित प्रतियोगिता जितेको यो पहिलो पल्ट हो । नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलपछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि भिडन्तमा प्रवेश गरेको यो पहिलो पल्ट हो ।

Comments

Top