आफूखुसी निमित्त महाप्रवन्धक लेख्छन् मेहता

काठमाडौं । नेशनल ट्रेडिङ लिमिटेडमा कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले महाप्रवन्धकमा नियुक्ति गरेका सत्यनारायण मेहताले आपूर्ति मन्त्रालयबाट पत्र नै नलिई आफूखुसी निमित्त महाप्रबन्धक लेखेर काम गर्दै आइरहेका छन् । मेहता नेशनल ट्रेडिङका नवौं तहका कर्मचारी हुन् भने उनलाई असोज २३ गते कोइराला नेतृत्वको सरकारले महाप्रवन्धक बनाउने निर्णय गरेको थियो । आपूर्ति मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले पटक–पटक महाप्रवन्धक पदको पत्र लिन बोलाउँदा पनि उनी जाँदैनन् । किनकी, उनले महाप्रवन्धकको पत्र लिंदा नेशनल ट्रेडिङबाट राजीनामा दिनुपर्ने हुन्छ । कर्मचारीबाट राजीनामा दिएपछि मन्त्रालयले महाप्रवन्धकको पत्र नदिने हो कि भन्ने उनलाई डर छ । सोही कारण मेहता आफूखुसी निमित्त महाप्रवन्धक लेखेर नेशनल टे«ेडिङमा महाप्रवन्धकको हैसियतमा रही काम गर्दै आइरहेका छन् । राजीनामा दिंदा उनलाई सरकारी पद मात्र होइन सेवा र सुविधा पनि गुम्ने अर्को डर छ ।

  २०४८ सालमा कानुन सेवा समूहमा लिखित परिक्षा नै नदिई अन्तर्वार्ताबाट छनौट भएका मेहता अहिले भने कसरी प्राविधिक कर्मचारी बन्न पुगे ? मन्त्रालयकै कर्मचारीहरु आश्चर्यमा परेका छन् । यसअघि उनी आफूखुसी विभिन्न छ वटा विभागको प्रमुख भएर काम गर्दा बद्नाम भएका थिए । नेशनल टे«डिङका दुई उपमहाप्रबन्धकको जिम्मेवारी पनि उनी आफैंले सम्हालेर बद्नामी कमाएका थिए । मन्त्रालय स्रोतका अनुसार बोर्ड बैठकको सचिवको जिम्मेवारीसमेत अरू कसैलाई नदिई उनी आफैंले राख्दै आइरहेका छन् । बैठकमा प्रस्ताव ल्याउने, निर्णय गर्ने र निर्णयपुस्तिकामा सही गराउने सबै काम उनी आफैंले गर्दै आएको स्रोत बताउँछ ।

 निमित्त महाप्रबन्धकले दीर्घकालीन असर नपर्ने गरी कामकारबाही गर्नुपर्ने व्यवस्था भए पनि उनी गोदाम र जग्गा भाडामा लगाउने, गोदाम निर्माण गर्ने, सामान खरिदबिक्री गर्ने, टेन्डर आह्वान गरेर मूल्यांकन गरी स्वीकृत गर्नेलगायतका काम आफैं गर्छन् । गत बैशाख १२ को भूकम्पपछि गुण्डागर्दी शैलीमा प्रहरीले नेशनल ट्रेडिङको आठ रोपनी जग्गा कब्जा गरेर बस्दा समेत उनलाई कुनै चिन्ता नभएको त्यहाँका कर्मचारीहरु बताउँछन् । यसैबीच नारायण मास्के नामका एक कर्मचारीले उमेर ढाँटेर काम गर्दै आइरहेकोमा लाखौं रकम लिई काम गर्न छुट दिएका छन् । मास्के ५८ वर्ष पूरा भइसक्दा समेत नोकरीको अवधि २५ वर्ष पु¥याएर बढि उपदान दिलाउन मेहताले नै सहयोग गर्दै आइरहेका छन् । २०१४ साल भदौ ३ मा जन्मिएका मास्के अहिले ५८ वर्ष पूरा भइसकेका छन् । यो कुरा उनले पेश गरेको नागरिकताको प्रतिलिपीबाट पनि पुष्टि हुन्छ । तर, उनलाई न अख्तियार लाग्छ, न त सतर्कता केन्द्र नै ?

प्रतिक्रिया

सम्बन्धित