चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौंमा

beckकाठमाडौं । चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौं आएका छन् । बीबीसीको डकुमेन्ट्र बनाउने टोलीसहित काठमाडौं आएका उनी  त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । बेकह्याम भक्तपुरको  पद्म उच्च मावि पुग्ने र बालबालिकासँग भेटघाट गर्ने कार्यक्रम छ ।

  उनले टौमदी पुगेर बालबालिकासँग फुटबल खेल्नेछन् । डकुमेन्ट्री खिच्ने र यूनिसेफलाई सहयोग जुटाउने उद्देश्यले बेकह्यामले ७ दिन ७ महाद्विपमा फुटबल खेल्न लागेका हुन् । उनी पपुवा न्यूगिनीमा स्थानीय बालबालिकासँग फुटबल खेलेर नेपाल आएका हुन् ।

 

Comments

Top