आयरल्याण्डलाई हराउँदै नेपाल यू- १९ विश्वकपमा छनोट

iccकाठमाडौं । मलेसियामा सम्पन्न यू- १९  क्रिकेटमा नेपालले फाइनलमा आयरल्याण्डलाई हराएर विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू- १९   विश्वकपका लागि छनोट भएको हो  । खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।

  आयरल्याण्डले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ८४ रन बनाएको थियो । नेपालका लागि सुनिल धमलाले ४७, राजु रिजालले ३५ रनको योगदान दिएका थिए ।

 यस्तै आरिफ शेखले २१ रन बनाउदाँ दिपेन्द्रसिंह ऐरीले २६ रन बनाए । आयरल्याण्डका लागि ग्रे म्याक्लिन्टकले ४५, एन्ड्य्रु अस्टिनले ४४ र लोरकन टकरले ३३ रन बनाएका थिए । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाएको छ ।

Comments

Top