गुणस्तरिय परामर्श र क्रिकेटको विस्तार हाम्रो लक्ष्य

नेपालका अधिकांश विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशतर्फ जानेक्रम बढ्नुको प्रमुख कारण भनेको यहाँको शैक्षिक वातावरण राम्रो नहुनु, समय अनुसार कोर्ष परिवर्तन नहुनु र विद्यार्थीहरुले अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न चाहनु नै हो । पछिल्लो समयमा कन्सलटेन्सी क्षेत्रमा देखिएको विकृति र विसंगतिको निर्मुलका लागि महानगरिय प्रहरी अपराध महाशाखाले कन्सलटेन्सीहरुमा छापा मारेर कारबाही प्रक्रिया समेत अघि बढाएको छ । प्रहरीको उक्त कार्य सह्राहनिय रहेको बताउनुहुन्छ मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका कार्यकारी निर्देशक मनोजकुमार जैसी(पाण्डे) । मोडल ग्लोबलले विद्यार्थीहरुलाई विदेश पठाउने मात्र होइन विदेश पुगिसकेपछि पनि आवश्यक सहयोग गरिरहेको हुन्छ । मोडल ग्लोबलले शैक्षिक परामर्शको अलावा क्रिकेट खेलको विस्तार र युवतीहरुको व्यक्तित्व विकासका लागि पनि विभिन्न कार्यहरु गर्दै आएको छ । यिनै विविध विषयमा कार्यकारी निर्देशक पाण्डेसँग Mynewsnepal का लागि कुमार भण्डारीले गरेको कुराकानी : मनोजकुमार जैसी (पाण्डे), कार्यकारी निर्देशक–मोडल ग्लोबल भिसाज कन्सलटेन्सी ० मोडल ग्लोबल भिसाज कन्सलटेन्सीको स्थापना कहिले भएको हो ? – मोडल ग्लोबल भिसाज कन्सलटेन्सीको स्थापना सन् २००५ मा भएको हो । म र मेरी बहिनी मिलेर स्थापना गरेको यस संस्थाले स्थापनाकालमा अष्ट्रेलियाको लागि मात्र काम गर्दथ्यो भने अहिले न्यूजिल्याण्ड, यूएस, डेनमार्क र भारतमा पनि विद्यार्थीलाई पठाउँदै आएका छौं । तयारी कक्षाहरुमा हामीले अइएलटीएसलाई बढी ध्यान दिंदै आएका छौं । यसका लागि हामीसँग दक्ष शिक्षक पनि हुनुहुन्छ । ० मोडल ग्लोबल भिसाज कन्सलटेन्सीको विशेषताहरु के–के हुन् ? – मोडल ग्लोबलको विशेषता भनेको हामीकहाँ आइपुगेका कुनै पनि विद्यार्थीले अहिले सम्म कुनै पनि समस्या भोगेका छैनन् र अब पनि त्यस्तो अवस्था आउँदैन । यसको प्रमुख कारण भनेको हामीले विद्यार्थीहरुलाई दिएको गुणस्तरिय शैक्षिक परामर्श नै हो । हामीकहाँबाट विदेश गएका विद्यार्थीहरुलाई हामीले एयरपोर्टबाट विश्वविद्यालयसम्म पु¥याउने देखि उनीहरुलाई त्यहाँ रहँदा के–के आवश्यक सहयोग गर्न सकिन्छ, त्यो गरिरहेका हुन्छौं । विदेश बसाइका क्रममा कानुन अनुसार उसले काम गर्न पाउने समयमा पनि हामीले सकेसम्म कामका लागि पनि पहल गरिरहेका हुन्छौं । विद्यार्थीले कस्तो काम गरिरहेको छ, पढाइलाई कत्तिको प्राथमिकता दिएको छ इत्यादि विषयका बारेमा जानकारी लिनका लागि प्रत्येक चार–चार महिनामा विद्यार्थीसँग कुरा गरिरहन्छौं । ता की उसले त्यहाँ कुनै पनि किसीमको समस्या भोग्नु नपरोस् । manoj pandey ० तपाईंले कुन देशलाई बढि प्राथमिकतामा राखेर काम गर्दै आउनु भएको छ ? – हामीले पहिले अष्ट्रेलिया र न्यूजिल्याण्डलाई बढी प्राथमिकता दिएका थियौं भने अहिले कुनै एउटा देशलाई फोकस गर्ने भन्दा पनि पाँचैवटा देशलाई उत्तिकै प्राथमिकतामा राखेर काम गर्दै आएका छौं । ० मोडल ग्लोबल आइपुगेका विद्यार्थीहरुले के कस्तो सुविधाहरु पाउँछन् । – हामीले सबैभन्दा बढी विद्यार्थीको डकुमेन्ट्सलाई ध्यान दिन्छौं । उसको डकुमेन्ट्स हेर्दा उ कुन देशको कुन विश्वविद्यालयमा सहज रुपम अध्ययन गर्न सक्छ, त्यसलाई मध्यनजर गरी उसलाई त्यहि अनुसारको सल्लाह दिन्छौं र काम अघि बढाउँछौं । यो बाहेक हामीले तयारी कक्षाहरु पनि सञ्चालन गर्दै आएका छौं । हामीले चितवन र पोखरामा शाखा कार्यालय स्थापना गरी विद्यार्थीहरुलाई परामर्श पनि प्रदान गरिरहेका छौं । ० कुनै विद्यार्थीको शैक्षिक स्तर राम्रो छ तर आर्थिक स्तर कमजोर छ भने त्यस्तो विद्यार्थीलाई के गर्नुहुन्छ ? –  त्यस्ता विद्यार्थीहरुलाई हामीले रकम अभावका कारण विदेशमा देखिने सम्पूर्ण समस्याको बारेमा जानकारी गराउँदै नेपालमा नै अध्ययन गर्ने सल्लाह दिन्छौं । ० उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु मोडल ग्लोबल खोज्दै आउनुपर्ने कारण के हो ? – सफलताको पछि जो पनि लाग्छ । मोडल ग्लोवलले पाएको सफलताका कारण नै विद्यार्थीहरु मोडल ग्लोवल खोज्दै आउँछन् । हामीले विद्यार्थीहरुलाई दिएको सेवा र सुविधाका कारण नै हामी सफलताको सिंढि उक्लिदै अघि बढि रहेका छौं । ० आफ्नो ब्राण्डको विस्तारका लागि मोडल ग्लोबल प्रवद्र्धनमा अलि अगाडि नै देखिन्छ नि ? – कुनै पनि बस्तुलाई टिकाउ बनाउनका लागि ब्राण्डको नै आवश्यकता पर्दछ । यो हामी सबैले बुझेकै कुरा हो । त्यसैले पनि हामी मोडल ग्लोवललाई एउटा ब्राण्डको रुपमा विस्तार गर्न शुरुवातका दिनदेखि नै क्रियाशिल भएर लागेका छौं । ० मोडल ग्लोबलको भावि योजना के छ ? – हामीले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई पूर्ण रुपमा जानकारी प्रदान गर्नका लागि कलेजमै गएर सेमिनार कक्षा सञ्चालन गर्न लागेका छौं । कुन देशमा कस्तो पढाई हुन्छ, लगानी कति गर्नुपर्छ, कुन देश जाँदा ठिक हुन्छ लगायत सम्पूर्ण विषयमा जानकारी गराउँछौं । जुन काम हामीले आउँदो दशैं पछि नै शुरु गर्छौं । ० उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको चाप अहिले कस्तो छ ? – सन् २०१३÷१४ को तथ्यांकलाई हेर्ने हो भने अहिले विदेश जाने विद्यार्थीको संख्या बढेको छ । यसको प्रमुख कारण विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्तरमा पाउने गुणस्तरिय शिक्षा नै हो । ० पछिल्लो समयमा अष्टे«लियामा केही समस्या देखिएको थियो नि ? – नेपालमा बैशाख १२ मा गएको विनाशकारी महाभूकम्पपछि डकुमेन्ट्स पेन्डिङ हुँदा केही समस्या देखिएको थियो । तर, अहिले त्यो समस्याको समाधान भइसकेको अवस्था छ । ० केही समय अघि महानगरिय प्रहरी अपराध महाशाखाले शिक्षा मन्त्रालयको सहकार्यमा केही कन्सलटेन्सीहरुमा छापा मारेर अवैध कार्य गरेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ, यसलाई कसरी हेर्नु भएको छ ? – प्रहरीले जुन काम ग¥यो, त्यो एकदमै सह्राहनीय छ । यसमा हामी कसैले पनि अवरोध पु¥याउनु हुँदैन । जसले गल्ति गर्छ उ कारबाहीको भागिदार हुनै पर्छ । यसमा जोडिएको महत्वपूर्ण कुरा के हो भने विदेश जान चाहने अधिकांश विद्यार्थीहरु राजधानी बाहिरका भएकाले यहाँ आउने विभिन्न समस्याका कारण सीमित समयका लागि कन्सलटेन्सीहरुले पनि विद्यार्थीको डकुमेन्ट्स राख्न पाउनु पर्छ । ० प्रहरीले छापा मार्दा केही व्यवसायीहरुले काम गर्न अप्ठेरो भएको आरोप लगाइरहेका छन् नि ? – जसले कानुनी प्रक्रिया पूरा गरेर काम गरिरहेका छन्, उनीहरुलाई यसले खासै असर गर्दैन । तर, जो कन्सलटेन्सीमा छापा मार्न आउनु हुन्छ, उहाँहरुलाई कन्सलटेन्सीको बारेमा जानकारी हुनु पर्दछ र प्रहरीले पनि तँ तँ र म म भन्ने भन्दा पनि आपसी समझदारीमा काम गर्नुपर्ने हुन्छ । ता कि गलत नगर्नेले कारबाही भोग्नु नपरोस् । जस्तै छापा मार्न आएका प्रहरीले तेरो कुरा मलाई केही पनि थाहा छैन, चौकीमा गएर सफाई दे भन्नुभयो भने त गलत नगर्नेलाई म किन चौकी जाने भन्ने हुन्छ र त्यहाँ विवाद निस्कछ । त्यसैले डकुमेन्ट्स बुझ्न सक्ने प्रहरी आउनु भयो भने हामीलाई सजिलो हुन्छ । ० उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकहरुलाई के भन्नुहुन्छ ? – सबैभन्दा पहिला त मैले अभिभावकहरुलाई आफ्नो सन्तानको भविश्यको बारेमा बुझ्न एक पटक कन्सलटेन्सी आउन विनम्र अनुरोध गर्दछु । यहाँ अहिलेसम्म के भएको छ भने विद्यार्थी कन्सलटेन्सी आउँछन्, तयारी कक्षा लिन्छन् । उनीहरुले आवश्यक डकुमेन्ट्स पनि तयार पारिसकेका हुन्छन् । झण्डै ९० प्रतिशत काम सकिसकेका हुन्छन् तर अभिभावक एक पटक पनि बुझ्न आउनु भएको हुँदैन । जसले गर्दा धेरै समस्या देखिएका छन् । विद्यार्थीहरुलाई हामीले दिने सल्लाह भनेको आफू जाने देश, विश्वविद्यालय, त्यहाँको पढाई, काम गर्ने वातावरण, रहन सहन सम्पूर्ण विषयमा जानकारी लिन आवश्यक छ । जुन कुरा विद्यार्थी आफैले वेभसाइटको माध्यमबाट हेर्न सक्छन् । अरुलाई चोर दोष लगाउनु भन्दा थैलीको मुख बलियो बनाउनु नै उचित हुन्छ भनेझै पछि कन्सलटेन्सीलाई दोष दिने भन्दा पनि आफू पनि सक्षम भएर जानु नै उचित हुन्छ । ० प्रसंग बदलौं, परामर्श बाहेक मोडल ग्लोबलले अन्य के काम गर्दै आएको छ ? – म आफै क्रिकेटर भएको कारणले क्रिकेटमा आफूले सकेको लगानी गरिरहेको छु । जसका कारण राष्ट्रिय स्तरसम्म टेवा पुगेको छ । राम्रो पढ्ने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रबृत्ति प्रदान गरेको छु । क्रिकेटप्रेमी जसले बल, व्याट नै खरिद गर्न सकेका छैनन् भने उनीहरुलाई बल र ब्याट पनि प्रदान गरेको छु । अर्को महत्वपूर्ण कुरा भनेको धनगढीमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माणका लागि पनि मोडल ग्लोबलले लगानी गर्ने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय खेल मैदान भनेको कुनै एउटा संस्थाले बनाउन सक्दैन, त्यसैले नेपालमा जति पनि कन्सलटेन्सीहरु छन् ति सबैलाई उक्त मैदान निर्माणका लागि सकेको सहयोग गरिदिन म विनम्र आग्रह पनि गर्दंछु । ० क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्कालाई नै ब्राण्ड एम्बेसडर बनाएर आफ्नो प्रवद्र्धन गराउनुको कारण के हो ? – मैले यसलाई पछिल्लो समय क्रिकेटमा नेपालले पाएको सफलतासँग जोडेर हेर्ने गरेको छु । जो सक्षम छ, उसलाई नै  सबैले मन पराउँछन् । त्यसमाथि पनि क्याप्टेन, एउटा जिम्मेवार पद सम्हालेर बसेको व्यक्तिको झनै महत्व बढि नै हुन्छ । क्रिकेट मात्र नभई शिक्षामा पनि खड्काको देशप्रमि भावना देखिन्छ । उनले हरेक सेमिनारमा विदेश गएर पढ्न चाहने विद्यार्थीहरुलाई पढाइ पश्चात पुनः स्वदेश फर्किएर देशमै पसिना बगाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि हामीले पारसलाई नै रोजेका हौं । ० मोडल ग्लोवलले गर्ने अन्य कुनै काम ? – हामीले हरेक वर्ष मिस ग्लोवल इन्टरनेशनलको आयोजना गर्दै आएका छौं । महिलाहरु पनि अघि बढ्न सकुन भन्नका लागि नै हामीले यसको आयोजना गर्दै आएका हौं । प्लस टु सकेर बसेका युवतीहरुलाई व्यक्तित्व विकासका लागि टे«निङ दिने, नयाँ स्थानको भ्रमण गराउने, उच्च पदस्थ व्यक्तिबाट कक्षा दिने कार्य गर्दै आएका छौं । प्रतियोगिताको विजेतालाई हामीले छात्रबृत्ति र आर्थिक सहयोग पनि गर्दै आएका छौं ।

Comments

Top