नेपालि बक्सर सुरेशले हङकङमा बिजयी झण्डा फहराए

काठमाडौँः
नेपालमा साफ यू १९ च्याम्पियनशिपको खेल भैरहदा उता हङकङमा नेपालि बक्सर सुरेश गुरुङ 'गोर्खाली' वारियर ले बिजयी झण्डा फहराईसकेका थिए्र । डीएफओ बक्सिंग क्लबले आयोजना गरेको च्याम्पियनशिप २ प्रोफेसनल बक्सिंगमा सुरेशले विजय हाशिल गरेका हुन् । सुरेशले खेलमा चाइनिज बक्सर प्रतिस्पर्धीमाथि विजय हाशिल गरेका हुन् । suresh
पुर्खौली घर गोरखा भै पोखरामा जन्मेका सुरेस हङकङमा हुर्केका हुन् । एक दशक देखि बक्सिंग खेलमा लागेका गुरुङले ब्यबसायी तर्फ ४ खेलमा ३ विजय हात परेका छन् भने एमेचरमा २५ खेलमा २३ विजय हात परेका छन् । गुराँस एसोसिएसनको बिशेष सहयोगमा प्रायोजित उक्त बक्सिंग खेल तिन हजार दर्शकले अवलोकन गरेका थिए । खेल हङकङको वानचाई स्थित कन्भेन्सन हलमा भएको थियो। हङकङको वानचाई स्थित कन्भेन्सन हलमा भएको खेलमा ३ हजार दर्शकले उक्त खेल अवलोकन गरेका थिए । हङकङमा गुरुङ पुलिस क्लबसंग आबद्ध भएर खेल्छन ।

Comments

Top