सचिवका गाडी ट्राफिकले रोक्न नपाउने

gadiकाठमाडौँः सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झन्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो र चिह्नसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र सहसचिवहरूले विभिन्न स्थानमा जाँदा पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरू चढ्ने गाडीमा झन्डा राख्ने व्यवस्था गर्न लागेको हो । सरकारले उच्चपदस्थ कर्मचारीदेखि निम्न तहका सबै कर्मचारीलाई सेवाको प्रकृतिअनुसार पोसाकमा लोगो लगाउने व्यवस्थासमेत गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता रूपनारायण भट्टराईले निजामती कर्मचारीको सवारीसाधन र पोसाकमा प्रयोग गर्ने झन्डा, लोगो र चिह्नसम्बन्धी निर्देशिकाको मस्यौदा बनिरहेको जानकारी दिए । हाल नेपाल प्रहरी र नेपाली सेनामा पदअनुसारको लोगो र चिह्न प्रयोग हुँदै आएको छ । प्रवक्ता भट्टराईका अनुसार अब मुख्यसचिवको गाडीमा नेपालको झन्डा फहराउनेछ । निजामती कर्मचारीको लोगो र स्टार अंकित हुनेछ । नम्बरप्लेटको अघि र पछि नम्बरसँगै लोगोसमेत राखिनेछ । सचिवको गाडीमा निजामती कर्मचारीको लोगोसहित नेपालको झन्डा राखिनेछ । सहसचिवको गाडीमा भने निजामतीको झन्डासहितको लोगो र स्टार राखिने भएको छ । सरकारले निजामती सेवामा सामान्यतस् मुख्यसचिव, सचिव र सहसचिवस्तरका कर्मचारीलाई मात्रै गाडी सुविधा दिँदै आएको नयाँ पत्रिकामा खबर छ ।

Comments

Top